थामे खोलामा आएको बाढीले तहसनहस बनायो सोलुको पर्यटकीय थामे (फोटोफिचर)

Thame badhi

सोलुखुम्बु । थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा घर, स्कुल र क्लिनिकमा क्षति पुगेको छ । बाढीमा एक स्थानीय बेपत्ता भएका छन् ।

दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामे १२ घर बगाएको छ । सिंगो थामेमा बाढी पसेको हुनाले उक्त क्षेत्रका ७ वटा घर अझै जोखिम पूर्ण अवस्थामा छन् । थामेमा सञ्चार र विद्युत् सेवा प्रभावित बनेको छ ।

बाढीले गाउँ नै कुरुप बनाइदिएको छ । बाढीले दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिक त्रसित छन् । एउटा विद्यालय, पाँच वटा होटल र एउटा क्लिनिक क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए ।

उनका अनुसार स्थानीय एक जना बाढीमा बेपत्ता भएका छन् । दिउँसोको घटना भएकाले अन्य मानवीय क्षति भने हुन पाएन । दुधकोशी नदीको तल्लो तटीय क्षेत्र भने खतरामुक्त रहेको छ । सोलुखुम्बुका प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार पर्यटकीय क्षेत्र थामेममा अफ सिजन भएका कारण मानिसको चहल पहल कम थियो ।

उनका अनुसार अफ सिजनमा प्राय थामेका होटल सञ्चालकहरु कुरुवा राखेर काठमाडौँमा बस्छन् । ‘त्यो क्षेत्र पर्यटकीय क्षेत्र हो, अफ सिजन भएका कारण अहिले होटलमा कुरुवाहरु थिए,’ उनले भने,‘ त्यहाँ ५०–५१ वटा घर होलान् ।’

थामे खोलाको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए । क्षतिबारे बुझ्न काठमाडौंमै रहेको पालिका अध्यक्ष मिङ्मार छिरि शेर्पा लगायतका जनप्रतिनिधिको टोली अनुकूल मौसमको पर्खाईमा त्रिभुवन विमानस्थलमा रहेका छन् ।

स्थानीय सरकार, स्थानीय प्रशासन र स्थानीय वासीको सहयोगमा उद्वार कार्य भइरहेको भन्दै खराब मौसमका कारण गाउँपालिकाका सबै जनप्रतिनिधी एवं कर्मचारी यथासमयमा उक्त बस्तीमा पुग्न नसकिएको र भोलि बिहानैदेखि उद्वार तथा राहत कार्यमा सम्पूर्ण जनप्रतिनिधी तथा कर्मचारी खटिने गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

थप उद्वार, राहत तथा पुनःस्थापनाको लागि संघीय सरकार, प्रदेश सरकार एवं गैर सरकारी संघ संस्थाबाट सहयोगको अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेको थामेमा आजदेखि भीषण बाढी आएपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

    

तस्वीरहरू : नेपाल प्रहरी

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...