आहा ! सबैको मन लोभ्याउने ढोरपाटन (फोटो फिचर)

Dhorpatan

म्याग्दी । बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्लासम्म फैलिएको ढोरपाटन सिकार आरक्षका वन जङ्गल, उपत्यका र डाँडाकाँडाको सेरोफेरो अहिले मनसुनमा हरियाली ,रङ्गीबिरङ्गी हुँदा मनै लोभ्याउने गरेको छ ।

उपत्यका फाँटमा चरिरहेका घोडा र खच्चड, गाई, भैँसी, बुकी र टिकाधारापाटन लगायत चरण खर्कमा भेडा बाख्रा बथानका अवलोकन गर्ने जोकोही पनि मोहित हुने गर्छन् । उत्तरतर्फ बग्ने उत्तर गङ्गा नदी तथा उपत्यका छेउछाउमा रहेका बाक्लो बस्ती र काठ मात्र प्रयोग गरेर निर्माण गरेका पुरानो शैलीका चिटिक्कका घरहरूले पनि पर्यटकलाई आकर्षित गर्ने गर्दछ ।

पछिल्लो समय ढोरपाटन घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । ढोरपाटनमा सिकारी पर्यटक, पदयात्रा गर्ने पर्यटक, भ्रमण गर्ने पर्यटक र धार्मिक पर्यटकहरू आउने गरेका छन् । विभिन्न प्रकारका जङ्गली जनावरहरू देख्न सकिन्छ ।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा वर्षमा दुई याम सिकारका लागि खुला गरिन्छ । पहिलो याम (असोज–मङ्सिर) र दोस्रो सिजन (फागुन–वैशाख) हो । ढोर वाराही मन्दिरमा वैशाख पूर्णिमा र जनै पूर्णिमामा विशेष पूजा हुने हुँदा उक्त समय धार्मिक पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । पर्यटकहरूले घोडा सवार गरी उपत्यकाको सुन्दर दृश्य हेर्ने, फोटो खिच्ने र भिडियो गराउने गर्छन् । ढोरपाटनका विभिन्न क्षेत्रबाट गुर्जा, माछापुच्छ्रे हिमाल सहित धौलागिरि र अन्नपूर्ण हिमश्रृखला आँखै अगाडी देख्न सकिन्छ ।

 गोरखापत्रबाट साभार

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...