सधैं डुब्छ काठमाडौं, एक हप्तामै २ पटक बस्ती पस्यो बाढी (फोटो फिचर)

Ktm baadi

काठमाडौं । पछिल्ला केही समययता वर्षा हुँदा काठमाडौं उपत्यका डुबानमा पर्ने गरेका छन् । पछिल्लो एक महिनामा तीन पटक ठूलो बाढी आएपछि उपत्यकाको खोला किनारका बस्तीहरु नराम्ररी प्रभावित भएका छन् ।

एक हप्ताअघि १६ साउनमा आएको बाढीले पुर्‍याएको क्षतिबाट राम्ररी उठ्न नपाउँदै यी क्षेत्रमा अर्को पनि बाढी आउँदा सर्वसाधारण हैरान भएका छन् । सोमबार रातिदेखिको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डुबान भएको छ । यी ठाउँमा सयौं सर्वसाधारणको बसोबासस्थल पनि बाढीले डुवानमा पारेको छ ।

निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढेपछि किनार र आसपासका बस्ती प्रभावित भएका हुन् । सोमबार रातीदेखि आएको वर्षाले त्यस्तै समस्या दिएको छ । अहिले भने उपत्यकाको मौसम खुलेको छ ।

२२ असार, १६ साउन र मंगलबार २ साउनमा गरी तीन पटक आएको ठूलो बाढीले खोला किनारमा रहेका कार्यालय, गोदाम, व्यापार–व्यवसाय र घर तथा बसोबासस्थल तहसनहस पारेको छ । मनोहरा र बागमतीमा आएको बाढीले ललितपुरको च्यासल, कुपण्डोल, सानेपा र काठमाडौंको थापाथली, टेकु, बल्खुलगायतका क्षेत्रलाई बढी प्रभावित पारेको छ ।

बल्खुको तरकारी बजार, खोला किनारमा रहेका मोटरसाइकल ग्यारेज, सानाठूला खाजा पसल, उपभोग्य सामग्रीको गोदाम, नदी किनारमा ललितपुर र काठमाडौं महानगरपालिकाले बनाएका पार्कलगायतका संरचना, ललितपुर महानगरको वडा नं १ को कार्यालय र स्वास्थ्य संस्था, नेकपा एमालेको कार्यालय, च्यासल खेल मैदान आदि बाढीले प्रभावित पार्ने मुख्य स्थल हुन् ।

बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, धोबीखोला लगायतमा बाढी आएको छ । बाढीले नदी किनारका बस्तीसँगै प्रमुख सडक जलमग्न हुँदा यातायातसमेत प्रभावित भएको छ ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...