पहिरोमा परी बागलुङ र गुल्मीमा ६ बालबालिकासहित १२ जनाको मृत्यु, उद्धारको प्रयासजारी

Baglung pahiro

बागलुङ । सोमबार रातिदेखि परेको वर्षाले गएको पहिरोमा परी बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको छ ।बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० दर्लिममा ६ जना र वडा नम्बर ९ को बलघाँसमा २ जना गरी आठ जनाको मृत्यु भएको हो ।

बडीगाड गाउँपालिका १० मा घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२र१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो ।

यसैगरी संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा घाइते भएका छन् । यसैगरी वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । घाइतेहरुलाई उद्धार गर्न जिल्ला सदरमुकामबाट हेलिकोप्टर पठाउन लागिएको छ ।

घर भत्केर पुरिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङ र आसपासको प्रहरीको उद्धार टोली त्यसतर्फ गएको हो । लगातार वर्षा भएकोले उद्धार टोली पनि पैदलै जान बाध्य भएका हो ।

यता, ल्मीमा घरमाथिबाट आएको लेदोसहितको पहिरोले दुई घर पुरिँदा चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मंगलबार बिहानदेखि परिरहेको अविरल वर्षाले जिल्लाको मुसिकोट नगरपालिका –१ बिसौना स्थित स्थानीय बिष्णु बिक र हुकुम बिकको घर लेदोसहितको पहिरोले बगाएको हो ।

लेदोसहितको पहिरोले घर पुरिंदा ६७ वर्षीय हुकुम बिक,४६ वर्षीय गोरे बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए । केसीका अनुसार पहिरोमा परेर ६६ वर्षीया मसुरी बिक र साढे दुई वर्षीया रियान्सी बिकको ज्यान गएको छ । मृत्यु भएका गोरे हुकुमका छोरा हुन् भने मसुरी बिक बहिनी हुन् ।

घरमा लेदोसहितको पहिरोमा परेर घाइते हुनेमा ३१ वर्षीय विष्णु बिक र २३ वर्षीया मुना बिक रहेका छन् । घाइते हुनेहरु श्रीमान श्रीमती हुन्। विष्णुको दाइने खुट्टा र छातीमा चोट लागेको छ भने मुनाको खुट्टा र ओठमा चोट लागेको छ। उनीहरु बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घाइते २ जनालाई उद्धार गरी उपचारका लागि लगिँदै गरेको बताइएको छ। घटनास्थलमा मोटरबाटो पनि नजाने भएकाले उद्धारका लागि समस्या भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...