देशभर वर्षा हुँदै, ३४ जिल्लामा खतराको चेतावनी अर्थात् ‘रेड अलर्ट’

Mausam news

काठमाडौं । आज उपत्यकासहित देशका अधिकांश भूभागमा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्रम बुधबारसम्म नै चल्ने भन्दै महाशाखाले ३४ जिल्लामा खतराको चेतावनी अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ । गएराति ८ बजेदेखि अहिले बिहान ७ बजेसम्म सप्तरीमा सबैभन्दा धेरै १८५.८ मिलिमिलिटर वर्षामापन भएको छ ।

यस्तै सिन्धुपाल्चोकमा १०४.८ मिलिमिटर र चितवनमा १०१.६ मिलिमिटर वर्षा मापन भएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार आज दिउँसो पनि कर्णालीबाहेक सबै प्रदेशमा भारी वर्षाको अनुमान गरिएको छ ।

यस्तै राति पनि काठमाडौं उपत्यकाका केही स्थानसहित देशका सबै भुभागमा भारी वर्षाको अनुमान गरिएको मौसमविद पुडासैनीले बताए । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकमोट र दोलखा छन् ।

गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची उच्च जोखिममा छन् । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेको विभागले जनाएको छ ।

रातिको समयमा मनसुन बढी सक्रिय भई पानी धेरै पर्ने सम्भावना रहेकाले दुई दिन उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भारी वर्षा भइरहेको छ। काठमाडौँसहित देशका ६३ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महााशाखाले आज बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गरी सिन्धुपाल्चोक, काठमाडौँसहित १२ जिल्लामा अति उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

बुलेटिनअनुसार आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी .बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने केही नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहावको उच्च जोखिम देखिएको छ ।

सजग गराउँदै महाशाखाले अगाडि भनेको छ, नदी तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन हुन अनुरोध छ । आज अन्य ५१ जिल्लामा पनि बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, म्याग्दी, बागलुङ, प्युठान, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, दैलेख, अछाम, सल्यान, सुर्खेत, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही नदीमा बहाव बढ्ने तथा केहीमा नदीमा आकस्मिक बहावको मध्यम जोखिम देखिएको हो ।

महाशाखाका अनुसार केही दिन अत्यधिक वर्षा निरन्तर हुनेछ । केही ठाउँमा धेरै भारीदेखि अति भारी वर्षा हुने भएकोले ती क्षेत्रमा बाढीपहिरोको जोखम हुने भएकोले सतर्क सरहन महाशाखाले अपिल गरेको छ । महाशाखाले विषेध बुलेटिन जारी गर्दै मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले बुधबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार हुन भनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...