गुडिरहेको माइक्रो बसमाथि रुख बजारिँदा ६ जना घाइते, घाइतेहरुको उपचार हुँदै

Maicro bus dhading

काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । उनीहरुको परिचय खुलिसकेको छैन । माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ । माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...