काठमाडौँमा गुञ्जियो कर्णालीको मागल

Kitab jatra

काठमाडौं । कर्णालीबाट आएका मुग्लेलीहरूले काठमाडौँमा मागल गाएका छन् । किताब जात्राको अन्तिम दिनको सुरुवात गर्दै उनीहरूले मागल गाएका हुन् ।

कर्णाली क्षेत्रमा विभिन्न स्थान र समयमा गाइँदै अएका विभिन्न संस्कृतिहरूमध्ये मंगल कार्यको सुरुवातमा लयमा गाइने शब्द मागल हो । जुम्ली भाषामा गाइने मागलको सुरूवातमा ‘कस्तो देखिन्छ दियो, कस्ते देखिन्छ बत्ती सुन जस्तो देखिन्छ’ भन्ने भाव हुने अभियन्ता तथा लेखक माधव चौलागाईले बताए । उनका अनुसार मागल भनेको कर्णालीको लोक वेद हो ।

जुम्लाबाट आएका पाँच मुग्लेलीमा नारायणी आचार्य, रमा चौलागाईं, लक्ष्मी पाण्डे, दुर्गा स्वार र शोभा उपाध्याय थिए । उनीहरूले मञ्चबाटै छोटो मागल गाउँदै जुम्ला घुम्न निमन्त्रणासमेत दिए । त्यस्तै, संगम श्रुति ब्यान्डका कलाकारहरूले सोलो मादल, स्ट्रयान्डिङ सितार बजाएर समेत महेत्सवमा आउने अवलोकनकर्ताहरूको ध्यान खिचे ।

महोत्सवको दोस्रो तथा अन्तिम नेपाली साहित्यमा समीक्षकको उपस्थिति, मूलधारबाट सधैँ उपेक्षामा कला, हास्य विधाः शक्ति र चुनौती, सञ्चारका सारथिलगायत विषयमा छलफल हुँदै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...