कामतको शोकमा राष्ट्रिय झन्डा आधा झुकाइँदै

Madhesh mukhyamantri office

जनकपुर । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधनको शोकमा मधेस सरकारले साउन २० गते ९आइतबार० राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शोक मन्तव्य प्रकाशित गर्दै आइतबार राष्ट्रिय झन्डा आधा झुकाउने जनाएका हुन् । शास्त्रीय सङ्गीतकार, गीतकार र लोकगीतका गायकसमेत रहेका गुरुदेवको निधनले एक बहुमूल्य रत्न मधेश प्रदेशले गुमाएको शोक मन्तव्यमा उल्लेख छ ।

मिर्गौला समस्याबाट पीडित कामतको बिहीबार ६९ वर्षको उमेरमा निधन भएको थियो । काठमाडौँमा बसेर उपचार गराउन नसकेपछि उनी गएको असार २९ गते मात्रै जन्मथलो फर्किएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...