यसकारण लिए प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान सिंह प्रधानले आफ्नो नाम फिर्ता

Pradhan

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान सिंह प्रधानले संसदीय सुनुवाई समितिबाट आफ्नो नाम फिर्ता लिँदै ‘दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी’ नरहेको बताएका छन् ।

संसदीय सुनुवाई चलिरहेका प्रधानले आफ्नो नाम अनुमोदन नहुने संकेत पाएपछि सोमबार नाम फिर्ता लिएका हुन् । उनले एक महिलालाई जागिर लगाइदिन्छु भनी यौन शोषण गरेको र पछि ठूलो रकम तिरेर अदालतको मुद्दामा मिलापत्र गरेको उजुरी तथा अन्य प्रमाणहरू संसदीय समितिमा पुगेका थिए ।

सुनुवाइ समितिले असार ७ मा प्रधानका विषयमा उजुरी आह्वान गर्दा ५ उजुरी प्राप्त भएका थिए । तीमध्ये एक महिलाले प्रधानले आफूलाई यौन शोषण गरेको व्यहोरा उल्लेख गरेकी थिइन् । ति महिलाको उजुरीपछि संसदीय सुनुवाई समितिमा सांसदहरूले उनको नैतिक चरित्रमाथि प्रश्न उठाएका थिए ।

संसदीय सुनवाई समितिका सभापतिलाई सम्बोधन गरेर पत्र पठाउँदै प्रधानले भनेका छन्, ‘मेरा उपर निजी पारिवारिक एवं सामाजिक जीवनमा समेत अतिरन्जित दुष्प्रचार गरी केही समूह सकृयतापूर्वक लागेर चालीसौं वर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दुखित भएको छु ।’

‘संगठित रुपमा लागेपछि झुठहरू कति डरलाग्दो रुपमा प्रभावकारी हुँदा रहेछन् भन्ने अहिले मैले महशुस गरेको छु’ उनले पत्रमा उल्लेख गरेका छन् । उनले संवैधानिक परिषदको सिफारिस प्रति निष्ठावान रहेको भन्दै ‘भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारीप्रति निष्ठावान रहने वचनबद्धता’ समेत व्यक्त गरेका छन् ।

सुनुवाइ समितिमा दिएको पत्रमा प्रधानले उजुरीकर्ताले काठमाडौं जिल्ला अदालतमा आफ्नो दाबी पुष्टि गर्न सक्तिन, आफूविरुद्ध दुर्व्यवहार नभएको भनी स्वीकार गर्दै मिलापत्र गरेको जिकिर गरेका छन् । मिलापत्र भइसकेको विषयलाई अतिरञ्जित गरी चालिसौं वर्ष आफूले गैरसरकारी क्षेत्रमा गरेको योगदानको अवमूल्यन गरेको प्रधानले बताएका छन् ।

१५ सदस्यीय समितिमा प्रधानलाई अस्वीकृत गर्न दुई तिहाई बहुमत चाहिन्छ । सत्तारुढ कांग्रेस र एमाले मिल्नासाथ ९ जना हुन्छ भने राप्रपाले साथ दिएमा दुई तिहाइ पुग्छ ।

यसअघि विहान ११ बजेका लागि बोलाइएको बैठक रोकेर सत्तारुढ नेपाली कांग्रेस र एमालेका सांसदहरु छलफलमा जुटेका थिए । उक्त छलफलमा नेताहरु विवादास्पद प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्षमा पुगेका थिए ।

हेर्नुहोस् पत्र 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...