गोरखाको रेसेफाँटको हराएका ४ जनाको भेटियो शव, अझैं १ जना वेपत्ता

Gorkha pahiro pic

गोरखा । गोरखाको धार्चे गाउँपालिका–५ स्थित रेसेफाँटमा लेदोसहितको पहिरोमा परेर बेपत्ता भएका चार जनाको शव फेला परेको छ । रेसेफाँट पहिरोमा हराएका ५ जनामध्ये चार जना मृत भेटिएका हुन् ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोलीले खोजी गर्ने क्रममा बेपत्ता भएकामध्ये ४ जनाको शव फेला परेको हो । उक्त पहिरोमा परी ५ जना बेपत्ता भएका थिए । अर्का एक जनाको शव खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर बेपत्ता भएकामध्ये धार्चे गाउँपालिका–५ रेसेका ७० वर्षीय सुलाल कान्छा गुरुङ र ३७ वर्षीय जितबहादुर गुरुङको पहिरोले पुरेको घर भन्दा २० मिटर तल शव फेला परेको भने ३३ वर्षीय रमेश गुरुङको शव पहिरोले घर बगाएको ठाउँ भन्दा ३० मिटर तल भेटिएको छ । जितबहादुरकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ र बुवा ६० वर्षीय सुकलाल कान्छा गुरुङको शव पनि भेटिएको छ ।

हाइड्रो पावरकै ट्याक्टर चालक २४ वर्षीय रमेश परियार बेपत्ता छन् । उनको शव फेला परेको छैन । पहिरोमा परेर घाइते भएका दुई जनालाई भने हिजै उपचारको लागि हेलीकप्टरमार्फत् काठमाडौँ लगिएको छ । बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको थियो । प्रारम्भिक अनुसन्धानपछि शव गोरखा अस्पताल ल्याइएको थियो ।

पहिरोमा परेर गम्भीर घाइते भएका धार्चे गाउँपालिका–५ का ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङको काठमाडौँमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी धनकुटा नगरमा दोहोरिए खगेन्द्र विष्ट, पूर्व जनसरकार प्रमुख बस्नेत सम्मानित

Udaya bdr basnet samman

धनकुटा । नेकपा (माओवादी केन्द्र) धनकुटा नगरपालिका कमिटीमा खगेन्द्र कुमार विष्ट पुनः अध्यक्ष चयन भ...