महिला एसिया कप क्रिकेट : सम्झनाले अर्धशतक पुरा गर्दा एसिया कपमा नेपालको पहिलो सानदार जित

Nepal vs uae

काठमाडौं । नेपालले एसिया कपको इतिहासमै पहिलो विजय हात पारेको हो । सम्झना खड्काको अर्धशतकमा नेपालले श्रीलंकामा शुक्रबार सुरु महिला एसिया कप क्रिकेटमा यूएईलाई ६ विकेटले पराजित गरेको छ ।

नेपालको एसिया कपमा यो पहिलो जित हो । यसअघि नेपालले दुई संस्करणमा कूल ८ खेल खेल्दा जितविहीन थियो । सन् २०१२ मा नेपाल श्रीलंकासँग २० रन, बंगलादेशसँग ९ विकेट र घरेलु टोली चीनसँग ४५ रनले पराजित भएको थियो । नेपाल सन् २०१६ मा पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट, बंगलादेशसँग ९२ रन, थाइल्यान्डसँग ८ विकेट र भारतसँग ९९ रनले पराजित भएको थियो ।

सन् २०१२ र २०१६ मा ट्वान्टी–२० संरचनामा भएका दुवै संस्करणको एसिया कपमा नेपालले एउटै खेल जित्न सकेको थिएन र सवै ८ खेलमा पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपालले अव जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतविरुद्ध खेल्ने छ ।

सम्झनाले अविजित ७२ रन बनाएपछि नेपालले १ सय १६ रनको लक्ष्य १६।१ ओभरमै १ सय १८ रन बनाउँदै पूरा गरेको थियो । सम्झनाको इनिङ्स नेपाली महिला खेलाडीको एसिया कपमा पहिलो अर्धशतक पनि हो । सम्झनाले पनि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएकी हुन् ।

३५ बलमा अर्धशतक पुरा गरेकी सम्झनाले ४५ बल खेली ११ चौका प्रहार गरिन् । उनले नै विजयी चौका प्रहार गरेकी थिइन् । नेपालको सुरुआत राम्रो थिएन् । सीता रानामगर १७ बलमा ७, कविता कुँवर १० बलमा २, कप्तान इन्दु बर्मा १० बलमा ६ र पूर्व कप्तान रुविना क्षेत्री ८ बलमा १० रनमा आउट भएकी थिइन् । तर सम्झनाको एकल प्रयासमा नेपालले सानदार विजय हात पारेको हो ।

उनलाई साथ दिनेक्रममा पुजा महतो ७ बलमा ७ रन बनाई अविजित रहिन् । यूएईबाट कभिषा इगोडागेले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिइन् । लाभान्य केनीको नाममा १ विकेट रहयो ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले दम्बुला स्थित रनगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ८ विकेट गुमाई १ सय १५ रन बनाएको थियो । प्रिमियर कप विजेता यूएईबाट खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् । ३९ बल खेलेकी उनले २ चौका प्रहार गरिन् । काभिषाले २६ बलमा २२, समइरा धर्निधर्काले १३ र कप्तान इशा ओजाले १० रन बनाइन् ।

नेपालबाट इन्दुले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई र कृतिका मरासीनीले १–१ विकेट लिइन् । ११६ रन नेपाली महिला टोलीले टी २० आईमा पूरा गरेको हालसम्मको ठूलो हो । यसअघि नेपालले महिला टी २० आईमा सर्वाधिक ठूलो लक्ष्य सन् २०२३ जुन ४ मा मलेसियाले दिएको ११० रन पूरा गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...