चितवनमा प्रहरीकै सामू रेलमार्गको सर्भेको टोलीको गाडीमा आगजनी

Sarbeko gadi aagjani

चितवन । चितवनमा रेलमार्गको सर्भे गर्न चितवन पुगेको टोलीको गाडीमा प्रहरीकै अगाडि स्थानीयले आगजनी गरेका छन् ।

बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । बुधबार दिउँसो २ः१० बजे भरतपुर महानगरपालिका -७ मनकामना चोक पुगेको वाग्मती प्रदेश ०१-०३० च ७१९० नम्बरको कारमा नियन्त्रणमा लिएर उनीहरूले आगजनी गरेको डिएसपी भेषराज रिजालले जानकारी दिए । सर्भे गर्दागर्दै २र३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएको बताइएको छ ।

गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । गाडीमा लागेको आगोे नियन्त्रणमा आइसकेको छ । गाडीमा लागेको आगोे नियन्त्रणमा आइसकेको छ । पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् । उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले बताए । सचिव नेपालका अनुसार सो टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो ।

यसअघि पनि उक्त विषममा आन्दोलन भएको थियो । स्थानीयले संघर्ष समिति नै बनाएका थिए। समिति र सरोकारवालाबीच भएको छलफलले बाटो परिवर्तन गरेर कम मानवीय बस्ती पर्ने गरी रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । आज एक्कासी सर्भे गर्न आएपछि स्थानीयहरू आक्रोसित भएका बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...