ओखलढुङ्गाको मोलुङमा पहिरोले पाँच परिवार विस्थापित,२३ घर परिवार जोखिममा

Okhaldhunga pahiro

ओखलढुङ्गा । केही दिनयता परिरहेको वर्षाका कारण ओखलढुङ्गामा पहिराले पाँच परिवार विस्थापित भएका छन् ।

अविरल वर्षाका कारण सोमबार बिहान गएको पहिराले मोलुङ गाउँपालिका–७ जेसे गौरीडाँडाका पाँच परिवार विस्थापित भएका हुन् । सोही पहिराका कारण २३ परिवार जोखिममा परेका छन् ।

पहिराका कारण स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बरबहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भई उच्च जोखिममा रहेकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए । सोही स्थानका अन्य २३ घर पनि जोखिममा छन्। जोखिमयुक्त घरपरिवारलाई सरसामान, पशुचौपायसहित सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको छ ।

पहिराका कारण सोही वडाको रतनेमा पनि घर जोखिममा परेका छन् । पहिराले स्थानीय पेम्बा तामाङको गोठमा बाँधेका दुईवटा भैंसी, दुई राँगा र स्थानीय मिनबहादुर तामाङको गोठ पुरिँदा एउटा राँगो पुरिएकामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

उनका अनुसार रतनेका भक्तबहादुर तामाङ, सिंहबहादुर तामाङ, महिरानी तामाङ, पेम्बा तामाङ र मिनबहादुर तामाङको घर पहिराको जोखिममा रहेकाले पीडित परिवार, पशुचौपाय र सरसामान सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ ।

पहिराले स्थानीय भुलभुले खोलाबाट पेल्टीसेटमार्फत निकालिएको विद्युत्मा पनि क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मध्यराती कांग्रेस एमालेको सरकार बनाउन हस्ताक्षर, शुरुमा ओली र अन्तिममा देउवा प्रधानमन्त्री बन्ने

Oli deuwa hastakshyar

काठमाडौं । निर्वाचनयता दुई वर्ष नपुग्दै नेकपा माओवादीबाट आलोपालो धोका पाएको महसुस गर्दै आएका नेकप...