तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन पूर्व अध्यक्षहरु सहमत, सहजीकरण गर्ने

Former fnj president meeting

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चित बनेको बेला पाँच जना पूर्वअध्यक्षहरुले विवाद टुङयाएर तत्काल निर्वाचनमा जान अपिल गरेका छन् । उनीहरुले महासंघको शाख र मर्यादा कायम गर्न आवश्यक परे सहजीकरण गर्न पनि आफूहरू पछि नपर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

आइतबार पूर्वअध्यक्षहरुले एक वक्तव्य प्रकाशित गरी महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान केन्द्रीय अध्यक्ष बिपुल पोखरेलसहित केन्द्रीय समिति समक्ष अनुरोध गरेका हुन् । महासंघका पूर्वअध्यक्षहरु किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेले आइतबार यस्तो अपिल गरेका हुन् ।

‘महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरुमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुभाग्र्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौं’ अपिलमा उनीहरूले भनेका छन् । अपिलमा महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यतालगायतको विवादको समाधान महासंघको वैधानिक संरचनामार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्षसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराइएको छ ।
‘नेपाल पत्रकार महासंघका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासंघका सदस्यहरूमा हामी अपील गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।

अपिलमा महासंघका सदस्यहरुले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरुले गर्नसक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न समेत सदस्यहरुमा अपिल गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन पूर्व अध्यक्षहरु सहमत, सहजीकरण गर्ने

Former fnj president meeting

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चित बनेको बेला पाँच जना पूर्वअध्यक्षहरुले विवाद ट...