८ देशमा राजदूत सिफारिस हुँदा एमाले ५, जसपा २ र माओवादी केन्द्रको भागमा १ जना

Cabinet miting

काठमाडौं । सरकारले भागबण्डाको आधारमा विभिन्न ८ देशमा राजदूत सिफारिस गरेको छ ।
शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले सत्ता गठबन्धनको भागबण्डाका आधारमा राजदूत सिफारिस गरेको हो । जसमा एमालेका ५, जनता समाजवादी पार्टी (जसपा) का २ र माओवादी केन्द्रबाट १ जना छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाम दिएको छैन ।

सबैभन्दा बढी नेकपा एमालेको भागमा परेको छ । एमालेले ८ राजदूत मागेको थियो । जसमा भारत, अमेरिका, बेलायतसहित प्रभावशाली राष्ट्रका थिए । तर, चार दलबीच भागबण्डा हुँदा एमालेको भागमा ६ देश मात्र पर्ने देखिएको छ ।

सत्ताको मुख्य घटक एमालेको भागमा भारत, अमेरिका, दक्षिण कोरिया मलेसिया र साउदी अरब परेको छ । भारतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी, अमेरिकामा पूर्व सचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस गरिएका छन् ।

यस्तै, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना र साउदी अरबमा अबुसुफ्यान खान मुसलमानको नाम सिफारिस भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए । रेग्मी दोहोरिएर राजदूत सिफारिसमा परेका हुन्। यसअघि उनी बेलायतमा राजदूत हुँदा पनि एमाले कोटाबाटै परेका थिए ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालबाट फुटेर अशोक राइले गठन गरेको जनता समाजवादी पार्टीबाट २ राजदूत सिफारिसमा परेका छन् । जसमा डेनमार्कका लागि सुम्निमा तुलाधर र स्पेनका लागि पुष्पराज रन्जितकार छन् भने बेलायतका लागि डा. विजन पन्तको नाम सिफारीस भएको छ । उनी माओवादी केन्द्रबाट परेका हुन् ।

रास्वपाका उपसभापति समेत रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफ्नो कोटाबाट राजदूत सिफारीस हुन बाँकी रहेको जानकारी दिए । सरकारले जेठ २४ गते विभिन्न ११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । जसमा कांग्रेस, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको कोटामा राजदूत बनेका फिर्ता बोलाइएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दुर्गा प्रसाईलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

Durga prasai pakrau

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर...