प्रेमिकासँग खटपट हुँदा संसद भवनभित्रै प्रहरी जवानले गरे आफैँले आफैँलाई हाने गोली

Samsad goli

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको छ ।

काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा खटिएका प्रहरी जवान अजित गोलेले प्रेमिकासँग सम्बन्ध बिग्रिँदा आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ । बुधबार बिहान दोलखाको मेलुङ गाउँपालिका ४ का २२ वर्षीय गोले संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटमा सुरक्षाका लागि हतियारसहित खटिएका थिए। त्यस क्रममा उनले शौचालयमा गएर आफैँलाई गोली हानेका थिए ।

उनी बुधबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि संसद् भवनमा ड्युटीमा खटिएका थिए । तीन वर्ष पहिले प्रहरी जवानमा भर्ना भएका गोले संसद् भवनमा गत जेठ २८ गतेदेखि खटिएका थिए । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भएका गोले संघीय संसद् सुरक्षा बेस नयाँ बानेश्वरमा कार्यरत थिए ।

घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल समेत बरामद भएको थियो । अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार घटनास्थलमा भेटिएको मोबाइलबाटै आफैंलाई गोली हानेको प्रारम्भिक तथ्य खुलेको हो । ‘प्रेमिकाले वास्ता गर्न छाडेपछि उनले आत्महत्या गरेको देखिन्छ’, उनले भने । सीसीटीभी फुटेज लगायतबाट पनि उनले नै गोली हानेको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन् ।

उनले अन्दाजी बुधबार बिहान ८ बजेतिर गेटको बायाँपट्टि रहेको शौचालयमा गएर आफूलाई बोकेको इन्सास राइफलले आफ्नो निधारमा एक राउन्ड फायर गरेका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

एसपी अधिकारीले भने, ‘एक महिलासँग कुरा गरेको पनि देखिएको छ । अहिलेसम्म हेर्दा यही कारण उनले आत्महत्या गरेको हो कि भन्ने हाम्रो अनुमान छ। थप अनुसन्धान भइरहेको छ ।’ हाल दुबईमा रहेकी ती युवतीसँग उनले करिब ५ महिना पहिले नै इन्गेजमेन्ट गरिसकेको पनि खुलिसकेको छ । तर इन्गेजमेन्ट गरेर गएकी उनले दुबई पुगेपछि आफूलाई बेवास्ता गरेको भन्दै ती प्रहरी जवानले आफू मर्ने भनेर पनि म्यासेज पठाएको भेटिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दुर्गा प्रसाईलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

Durga prasai pakrau

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर...