पेट्रोल पम्प बन्द हुँदा चालकलाई सास्ती, पेट्रोल पम्पहरुमा सवारी साधनको लामो लाइन

Pump line

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न सात बुँदे माग राख्दै पेट्रोलियम पदार्थको ढुवानीमा हड्ताल गरेपछि काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी साधनको लामो लाइन देखिएको छ ।

भारतले नेपालमा गरेको नाकाबन्दीको समयमा र त्यसपछि २०७८ सालमा पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण पनि इन्धन अभाव भएको थियो । पेट्रोलियम मजदुरले गरेको आन्दोलनको कारण काठमाडौँका धेरैजसो पेट्रोल पम्प आज बन्द छन् ।

ज्याला बढाउन माग गर्दै पेट्रोलियम ट्यांकर चालक संघले आन्दोलन गरेको हो । आइतबार आयल निगमसँग भएको वार्ता विफल भएपछि उनीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । मजदुरको ज्याला वृद्धिको माग पेट्रोल पम्प र ढुवानी व्यवसायीले सम्बोधन गर्नुपर्ने विषय भएको आयल निगमले जनाएको छ ।

निजी पेट्रोलपम्पहरु बन्द हुँदा नेपाल प्रहरी र नेपाली सेनाले सञ्चालन गरेका पेट्रोल पम्पहरुमा आज बिहानैदेखि डिजल र पेट्रोल भर्न सवारी साधनको लामो लाइन लागेको छ ।

अधिकांश निजी पम्पमा ‘पेट्रोल छैन’ लेखिएको सूचना टाँस गरिएको छ । खुलेका केही पेट्रोल पम्पहरुमा भने लामो समय पालो पर्खनुपर्ने बाध्यता छ । गर्मीको बेला लामो समयसम्म लाइनमा बस्नुपर्दा सवारी चालकहरु हैरान छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दुर्गा प्रसाईलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

Durga prasai pakrau

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर...