बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या

Thumb

बारा । गोली प्रहार गरिएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको निधन भएको छ ।

क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका उनलाई शुक्रबार दिउँसो अज्ञात व्यक्तिले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो ।

गोली लागेर घाइते भएका कुशवाहालाई उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए । कुशवाहाको पिठ्यउँमा दुई राउण्ड गोली लागेको थियो ।

कुशवाहा शुक्रबार बिहान आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित गाउँको घर गएका थिए । घरबाट फर्किने क्रममा सोही पालिकाको वडा नं ३ बतरा भन्ने स्थानमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको हो ।

यसैबीच आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ समेत गरेको उनले बताए । परीक्षामा चिट चोर्न नदिएको बाहानामा क्याम्पस प्रमुखमाथि आक्रमण गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ । प्रहरीले एसपीको नेतृत्वमा घटनाको अनुसन्धान थालिसकेको छ ।

प्रतिकृया दिनुहोस