सगरमाथा आरोहि शेर्पा सम्मानित

Tenging samman

काठमाडौं । सगरमाथा आरोहित डिजे तेन्जिङ शेर्पालाई विभिन्न सङ्घरसंस्थाले सम्मान गरेका छन् ।

सफल सगरमाथा आरोहण गरेको उपलक्ष्यमा शेर्पा विद्यार्थी सङ्घ, हिमालयन शेर्पा कल्चर र थोलेदेम्बा शेर्पा किदुकलगायतका सङ्घरसंस्थाले सम्मान गरेका हुन । डिजे शर्पाले मे २१ मा सगरमाथाको सफल आरोहण गरेका छन् । उनले मे १७ मा ६,४०० मिटरको उचाइमा रहेको सगरमाथा क्याम्प २ मा ‘डीजे पार्टी’ आयोजना गरी सबैभन्दा उच्च—उचाईमा भएको डीजे कन्सर्टको लागि गिनिज वल्र्ड रेकर्डको प्रयास पनि गरेका थिए ।

मार्चको अन्त्यमा उनले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेस्ट एक्सपेडिसन २०२४’ घोषणा गर्नुभएको थियो । अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि त्यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना जगाउन पनि खोजेको डीजे तेन्जिङले राससलाई जानकारी दिए ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उयनमन्त्री हितबहादुर तामाङले डीजे तेन्जिङले त्यस अभियानमार्फत जनचेतना अभिवृद्धि गर्ने प्रयासको प्रशंसा गरेका थिए । मन्त्री तामाङले डीजे तेन्जिङलाई नेपालको राष्ट्रिय झण्डा दिएर उनको प्रयासमा सरकारको समर्थन जनाएका थिए ।

सोलुखुम्बुका बासिन्दा तेन्जिङले विगत १२ वर्षदेखि सोलुखुम्बु क्षेत्रमा विशेषगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २९ मे १९५३ मा ऐतिहासिक सगरमाथा आरोहणको सम्झनामा सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...