कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, समृद्ध कर्णाली बनाउने परिकल्पना

Tilak pariyar

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष ०८१र८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णाली प्रदेश दिगो विकास राखेर बजेट ल्याउने बताए ।

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको संवैधानिक मार्गदर्शन, समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय सोच र समृद्ध कर्णालीः सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना पूरा गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको प्रदेश प्रमुख तिलक परियारले बताए ।

‘यसका लागि प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाइएको छ । कर्णालीवासीको विकास र समृद्धिको तीव्र आकांक्षालाई सम्बोधन गर्न वर्तमान संरचना र कार्यप्रणालीमा क्रमशः गुणात्मक सुधार गर्दै लगिएको छ,’ उनले भने, ‘प्रदेश सरकारको कार्य जिम्मेवारीमा पर्ने विषयहरूमा थप कानुन निर्माणको कामलाई प्राथमिकतामा राखिएको छ। ’

कर्णाली प्रदेश निजामती सेवा, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐनलगायतका महत्त्वपूर्ण कानुन निर्माण भई कार्यान्वयनमा ल्याइएको र विपद्को समयमा सरकारको उपस्थिति र सक्रियतालाई आत्मसात् गर्दै भूकम्प लगायतको विपद्को पूर्वतयारी, खोज, उद्धार, उपचार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनामा प्रदेश सरकारको भूमिकालाई थप प्रभावकारी बनाउँदै लगिएको प्रदेश प्रमुख परियारले बताए ।

‘कर्णाली प्रदेशमा स्थायी बसोबास भएका र सेवारत सबैको सामूहिक विपद् दुर्घटना बिमा गरिएको छ,’ उनले भने, ‘कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारीसँगै पूर्वाधार विकासलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ ।’

मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार युवालाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउन प्रदेशका सबै वडामा कर्णाली प्रदेश सरकारको उपस्थिति रहेको र विषयगत मन्त्रालयका कार्यक्रमलाई समेत रोजगार केन्द्रित बनाइएको प्रदेश प्रमुख परियारले बताए । ‘सडक, पूललगायतका पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ,’ उनले भने, ‘जनता आवास, विपन्न घर र एकीकृत बस्ती विकास लगायतका कार्यक्रममार्फत आवासको हक कार्यान्वयनमा सहयोग पुगेको छ ।’

कृषिमा व्यावसायीकरण, कृषि तथा वन पैदावारमा आधारित उद्योग स्थापना र सञ्चालनलाई प्रोत्साहन गरिने र रैथाने बाली संरक्षण र उत्पादनका लागि पकेट क्षेत्र निर्धारण गरिएको परियारले बताए । ‘अर्गानिक प्रदेश र कृषिमा सहुलियतपूर्ण ब्याज अनुदान कार्यक्रम सञ्चालनमा रहेका छन्,’ उनले भने, ‘समुदायमा आधारित वन संरक्षण तथा व्यवस्थापनमार्फत वनमा आश्रित गरिब तथा विपन्न जनतालाई हरित रोजगारी सिर्जनासम्बन्धी कार्यक्रमको सुरुवात गरिनेछ ।’

सीप सिकेका युवालाई सामूहिक रूपमा वस्तु विकास गर्न प्रशिक्षण केन्द्रको स्थापना गरिने, प्रदेश अस्पताल तथा प्रदेशमातहत अन्य अस्पतालबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउँदै लगिने प्रदेश प्रमुख परियारले बताए । कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना कार्यान्वयन समीक्षाको आधारमा कर्णाली विकास र समृद्धिको लागि आगामी पाँच वर्षको दोस्रो पञ्चवर्षीय योजना निर्माणको अन्तिम चरणमा रहेको प्रदेश प्रमुख परियारले बताए । उपकरणको व्यवस्था गरिनेछ,’ उनले भने, ‘भूकम्प प्रभावित नागरिकको मनोसामाजिक परामर्श तथा उपचारको लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।’

सुशासन र सामाजिक न्याययुक्त समृद्ध कर्णाली
सामाजिक, आर्थिक र भौतिक विकास सहितको समाजवाद उन्मुख प्रणाली भन्नेक मूल ध्ययेका साथ आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकास गरी समृद्ध कर्णालीः सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयन गर्न कर्णाली प्रदेशको मार्गचित्रको रुपमा प्रस्तुत नीति तथा कार्यक्रम परिलक्षित छ ।

प्रदेश प्रमूख परियारले भने, ुस्वस्थ माटो, स्वस्थ जीवन भन्ने नाराका साथ माटो परीक्षण नतिजाको आधारमा कृषि चुन प्रयोगलाई व्यापकता दिइनेछ। स्थानीयस्तरमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन प्रविधि प्रसारका लागि एक पालिका एक कृषक पाठशाला सञ्चारलन गरिनेछ । कृषकको पहुँच अभिवृद्धि गर्न प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन, ढुवानी तथा बिक्री मूल्यमा अनुदान दिइनेछ। कृषकलाई कार्यस्थलमा प्राविधिक सहयोग उपलब्ध गराउन घुम्ती कृषि प्राविधिक सहयोग कार्यक्रम सञ्चामलन गरिनेछ। सुर्खेत प्रवेश गर्ने प्रमुख नाका बबइमा कृषि क्वारेन्टाइन राखिनेछ ।

परम्परागत कृषि प्रणालीलाई प्रविधियुक्त, व्यावसायिक, प्राङ्गारिक, प्रतिस्पर्धात्मक र जलवायुमैत्री बनाउन आवश्यक कार्यक्रम सञ्चा लन गरिनेछ । कृषि अनुदानलाई प्रभावकारी र पारदर्शी बनाउन प्रतिफलमा आधारित प्रोत्साहन अनुदान प्रदान गरिनेछ । भूमिहीन, सीमान्तकृत तथा विपन्नन वर्ग र भूकम्प प्रभावित जिल्लाका पीडित कृषकलाई लक्षित गरी कर्णाली समृद्धि परियोजना अन्तर्गत खाद्य तथा पोषण सुरक्षा र जिविकोपार्जन सम्बन्धी विशेष कार्यक्रम सञ्चाषलन गरिनेछ। सम्भाव्यता अध्ययनका आधारमा डोल्पा लगायतका हिमाली जिल्लामा अंगुरको वाइन र भेडा, च्याङग्रा र चौरीको ऊन तथा पस्मिनाबाट कपडा, कार्पेट आदी बनाउने उद्योग सञ्चाालन गर्न प्रोत्साहन गरिनेछ ।

उनले भने, ुषि जैविक विविधता संरक्षण र प्रवर्द्धन गर्न सम्भाव्यताका आधारमा डोल्पामा चौरी विकास, दैलेखमा बाख्रा विकास र सल्यानमा सुन्तलाजात फलफूल विकास फार्म तथा केन्द्रको स्थापना गरिनेछ। मासु तथा दुधमा आत्मनिर्भर हुनेगरी उत्पादन सम्बन्धी कार्यक्रम अभियानको रुपमा सञ्चागलन गरिनेछ ।

प्राकृतिक जलाशयमा हुने माछा संरक्षण र उपयोगबाट किसानको आयआर्जन अभिवृद्धि गर्न सामुदायिक जलचर संरक्षण र व्यवस्थापन नीति कार्यान्वयन गर्न आवश्यक कानून निर्माण गरिनेछ । कर्णाली प्रदेश भू(उपयोग नीति निर्माण गरी जोखिम संवेदनशील भू(उपयोग गुरुयोजना तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पर्यटन, उद्योग र खानीः समृद्धि सम्भव छ, कर्णालीमा गरौँ लगानी भन्ने मूल मन्यताका साथ पर्यटकीय क्षेत्रको विकास, सम्भाव्य खानीको अन्वेषण, उत्खनन्, नवप्रवर्तन र स्थानीय कच्चाव पदार्थमा आधारित उद्योग स्थापनाका लागि सार्वजनिक र निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गरिनेछ ।

स्थानीय कच्चा पदार्थमा आधारित, उच्च माग भएका र भौगोलिक पहिचानसँग जोडिने उत्पादनको विकास र विस्तारका लागि वस्तु विकास प्रशिक्षण कक्ष, कोशेली घर र लघु औद्योगिक ग्राम स्थापना तथा सञ्चाललन र थप विस्तार गरिनेछ । बेरोजगार जनशक्तिलाई व्यवसाय तथा रोजगारमा आबद्ध गर्न कर्णाली समृद्धि परियोजना मार्फत उद्यमशीलता विकास, रोजगार मेला र सीप विकास कार्यक्रम सञ्चाआलन गरिने उल्लेख छ । पर्यटन प्रवर्द्धन गर्न कर्णाली प्रदेश पर्यटन गुरुयोजना कार्यान्वयन गरिनेछ । उद्योग र पर्यटन प्रवद्र्धनका लागि आवश्यक पर्ने पहुँचमार्ग, खानेपानी, विद्युत प्रसारण लाइन लगायतका पूर्वाधार विकासमा प्राथमिकता दिइनेछ ।

त्यस्तै संघीय सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थललाई गुणस्तरीय र प्रभावकारी बनाउन विमानस्थल विस्तार र थप पूर्वाधार विकास गरिनेछ । प्रदेशभित्रको हवाई सेवालाई भरपर्दो, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थललाई केन्द्र बनाएर प्रदेशभित्र र अन्य प्रदेशका विमानस्थलमा समेत हवाई उडान नियमित गर्न पहल गरिनेछ । प्रकृतिमा आधारित पर्यटन, ग्रामीण पर्यटन र होमस्टेलाई प्रवर्द्धन गर्न नागरिकलाई पर्यटन सम्बद्ध रोजगारी, हस्पिटालिटी र रेस्क्यू सम्बन्धी कार्यक्रम सञ्चाटलन गरिनेछ ।

सुर्खेतको बुलबुले तालबाट काँक्रेबिहार हुँदै निकाससम्म जलविहार सहितको बहुद्देश्यीय परियोजनाको सम्भाव्यता अध्ययन गरिनेछ। भेरी, कर्णाली लगायतको नदीमा जलयात्राको लागि प्रोत्साहन गर्नुका साथै यसका लागि दर्ता, अनुमति लगायतको कार्यलाई सहज बनाइनेछ। वातावरणीय प्रदुषण न्यूनीकरण गरी स्वच्छ वातावरण कायम राख्नी पर्यावरणमैत्री विकास कार्यक्रम सञ्चारलन गरिनेछ । समुदायमा आधारित जैविक तथा वातावरणीय पार्क निर्माण तथा सञ्चायलन गर्न प्रोत्साहन गरिनेछ ।

प्रतिकृया दिनुहोस