पत्रकारका ३ संगठनले भने, शुद्धिकरणका नाममा पत्रकारलाई हटाउन पाइँदैन

Bishwamani subedi fnj tala

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन आउनै लाग्दा केन्द्रदेखि जिल्ला तहसम्म तालावन्दी हुन थालेको छ । यसको मुख्य कारण भनेको सदस्यता शुद्धिकरणका नाममा गैरपत्रकारलाई जोगाउनु र श्रमजिवी पत्रकारलाई हटाइनु ।

अहिले विभिन्न संगठनहरुले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् भने जिल्ला तहमा पनि तालावन्दी भएका छन् । महासंघको निर्वाचन पूर्वसन्ध्यामा सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै तीन संगठनले ताला लगाएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ, नेपाल र प्रेस मञ्च, नेपालले मंगलबार महासंघको मुलगेटमा तालाबन्दी गरेको छ । महासंघको २७ औं महाधिवेशन अन्तर्गत यही जेठ २६ गते निर्वाचन हुँदैछ । तर, महासंघले सदस्यहरूको अन्तिम नामावली अझै प्रकाशन गरेको छैन । शुद्धीकरणका क्रममा राजनीतिक आस्थाका आधारमा सदस्यता वितरण गरिएको असन्तुष्ट संगठनहरूको आरोप छ ।

‘सदस्यता शुद्धीकरणका नाममा पत्रकारिता गर्ने पत्रकारलाई सदस्य हुनबाट बञ्चित गर्ने, तयार पारिएको मापदण्डको आफूखुशी व्याख्या गर्दै फरक विचार, सम्प्रदाय र समुदायका पत्रकार वा संगठनसँग प्रतिशोध साँध्नेजस्ता कार्य तत्काल बन्द गरी सदस्यता विवाद शीघ्र हल गरिनुपर्छ’ तीन संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा महासंघको केन्द्रीय नेतृत्वका जिम्मेवार पदाधिकारी तथा सदस्य सन्तुष्ट हुन नसकेको, फरक फरक बैठक एवं छलफल भइरहेको कुराले पनि सदस्यता विवरणमा चरम लापरवाही भएको पुष्टि हुन्छ ।’

ती विषय हल नहुँदासम्म महासंघको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा भइरहेको तालाबन्दी जारी राखिने उनीहरूले स्पष्ट पारेका छन् । कतिपय जिल्लाहरुमा प्रेस युनियनले पनि तालावन्दी गरेको छ । केन्द्रमा पनि प्रेस चौतारीले थप ताला लगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजाय

Deepak manange

काठमाडौं । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतबाट ज्या...