सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको खुलेको छ ।

दमक–२ स्थित हिमालय माविमा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि आक्रमण भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गर्दा झापाको दमकमा छात्रामाथि गोली प्रहार भएको पाइएको छ ।

शुक्रबार दिउँसो दमक नगरपालिका ५ जेष्ठ नागरिक भवन अगाडि उदयपुरको लिङचुङबुङ गाउँपालिका ३ की १८ वर्षकी एनिका अधिकारी गजमेरमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएकी एनिकाको झापाको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । उदयपुरको लिङचिङबुङ गाउँपालिका–३ घर भई झापाको दमक नगरपालिका–५ मा बस्दै आएकी १८ वर्षीया एनिका गजमेरमाथि शुक्रबार दिउँसो साढे १२ बजे गोली प्रहार भएको थियो ।

इलाका प्रहरी कार्यालय दमकले घाइतेको अवस्था सामान्य रहेको र उनको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको जनाएको छ ।उनलाई गोली प्रहार गर्नेको नाम प्रहरीले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । तर प्रहरी स्रोतका अनुसार सिरहाका युवक अमितकुमार यादवले उनीमाथि आक्रमण गरेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको पाइएको प्रहरी स्रोतको भनाइ छ । यादवले एनिकालाई विवाहका लागि पनि दबाब दिँदै आएको तर उनले अस्वीकार गरेको पाइएको छ ।
उपचाररत एनिकाको भिडियो सार्वजनिक भएको छ । त्यसमा उनले यादवले आफूलाई प्रेम प्रस्ताव राखेको र पटकपटक भेट्न बोलाउने गरेको बताएकी छन् । त्यसपछि गलत नियतले नहेर्न भन्दै आफू यादवबाट टाढिएको उनले उल्लेख गरेकी छन् । उनी दमकमै रहेकी दिदीसँग बसेर पढ्दै आएकी छन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी निशान थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए । छात्रामाथि गोली प्रहार गर्नेको पहिचान भइसकेको उल्लेख गर्दै उनको खोजी तीव्र बनाइएको उनले बताए । ‘अनुसन्धान जारी रहेकाले अहिले नै धेरै कुरा सार्वजनिक गर्न मिल्दैन’ उनले भने, ‘पीडितको उद्धार गरी उपचार भइरहेको छ, सँगसँगै अनुसन्धान पनि अघि बढाइएको छ ।’

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा एनिकाले २०७९ मा दुर्व्यवहारसम्बन्धी उजुरी दिएकी थिइन् । उक्त उजुरीपछि नै यादव फरार भएका थिए । तर पछिल्लो समय उनले एनिकालाई उक्त उजुरी फिर्ता लिन दबाब दिइरहेको खुलेको छ । एनिकाले उजुरी फिर्ता लिन नमानेका कारण गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ ।

एनिकाले आफूलाई मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको सूचना प्रहरीलाई दिएकी छन् । कक्षा १० सम्म लिङचुङबुङमै अध्ययन गरेकी एनिका कक्षा ११ र १२ पढ्न भने झापा गएकी थिइन्। दमक नगरपालिका ५ का कमल बुढाथोकीको घरमा डेरामा बसेर पढ्दै आएकी थिइन् । उनी दमक नगरपालिका २ को हिमालय माध्यामिक विद्यालयमा अध्ययनरत थिइन् ।

शुक्रबार कक्षा १२ को परीक्षा दिएर फर्किने क्रममा दमक ५ को जेष्ठ नागरिक भवन नजिकै उनीमाथि गोली प्रहार भएको थियो । स्थानीयले गोली चलेको सुनेपछि घटनास्थलमा पुगेर एनिकाको उद्धार गरेका थिए । उनको पेटमा गोली लागे पनि छेडिएको भने छैन ।

प्रतिकृया दिनुहोस