विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु

Current death

दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो करिब सवा २ बजेतिर विद्युतको तार चुडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका वडानम्बर ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाती कृष्णको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले जानकारी दिए ।

घर अगाडि खेलिरहेका नातीलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा र हजुरबुबालाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर तीनैजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...