बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, कम्तीमा २५ घाइते

Buss accident baglung

बागलुङ बागलुङमा सोमबार साँझ एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा बसमा सवार अन्य २५ यात्रु पनि घाइते भएका छन् ।

बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा एउटा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको हो ।

यो बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार विकले बताए । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ । घाइतेहरू पनि अझै बढी हुन सक्ने प्रहरीको भनाइ छ ।

उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरूको विवरण आइनसकेको प्रहरीले उल्लेख गरेको छ । बस सडकबाट तल झरेर खोल्सामाथि पुगेकाले यात्रुहरू खोल्सा र भिरमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...