पेट्रोल र डिजेलको मूल्य घट्यो, पेट्रोलको मूल्य १७१ रुपैयाँ पर्ने

Petrol pump

काठमाडौं । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।

इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पेट्रोल एक रूपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ घटाएको हो । निगमका अनुसार नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...