नेपालमा पश्चिमी वायुको प्रभाव, देशभर मौसम बदली

Mausamm news

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ । जसको कारण आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर बादल लागेको छ ।

आज काठमाडौं उपत्यकामा पनि फाट्टफुट्ट वर्षाको सम्भावना छ । तर आजभन्दा भोलि वर्षाको झन् धेरै सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । घाम नलाग्ने भएका कारण आज काठमाडौँ उपत्यकामा दिउँसो केही चिसो हुने सम्भावना छ । जसका कारण आज उपत्यकाको अधिकतम तापक्रम केही कम हुने अनुमान गरिएको छ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम कममा १९ तथा बढीमा २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको हो । मंगलबार उपत्यकाको अधिकतम तापक्रम २३।२ डिग्री सेल्सियस थियो । उपत्यकाको न्यूनतम तापक्रम भने केही बढेको छ । राति आकाश बादलले ढाक्दा बिहान न्यूनतम तापक्रम बढ्ने मौसमविद् बताउँछन् ।

पश्चिमी वायु नेपालको पश्चिम भूभागबाट प्रवेश गरी पूर्वतिर सर्ने क्रममा छ । यसको प्रभावले अघिल्ला दिनहरुमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही भूभागमा वर्षा भएको थियो । उच्च पहाडी भेगका केही ठाउँमा हल्का हिमपात पनि भएको थियो ।

विगत चौबिस घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही भूभागमा र बागमती प्रदेशका थोरै भूभागमा वर्षा भएको मौसम पूर्वानुमान महाशााले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार विगत २४ घण्टामा गोरखामा १३.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी कालिकोटको विजयपुर रास्कोटमा ७ मिलिमिटर, डडेलधुरा ५.६ मिलिमिटर र अछाममा ४.८ मिलिमिटर वर्षा भएको उनले जानकारी दिए ।

पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाटै नेपाल प्रवेश गर्ने हो । कर्लीणाली र सुदूरपश्चिमका एक(दुई ठाउँमा मध्यम वर्षा पनि भएको छ । सुदूरपश्चिमका तराई भूभागमा फाट्टफुट्ट वर्षा भएको छ । अरुतिर खासै धेरै देखिएको छैन । आज र भोलि चाहिँ काठमाडौं उपत्यकासहित तराई मधेशमा पनि वर्षा हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...