धनकुटाको कर्मिटारमा आगलागी हुँदा २ घरमा क्षति, पशुपंक्षी पनि जले

Dhnakuta karmitar aaglagi photo

धनकुटा । धनकुटाको कर्मिटारमा आज दिउँसो आगलागी हुँदा दुई वटा घर जलेको छ ।

विश्वबन्धुको घरसँगै रहेको गोठमा खोले पकाउने क्रममा आगो सल्किएको थियो । धनकुटा नगरपालिकाको दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

स्थानीय विश्वबन्धु थापाको घर र गोठ तथा काजी नारायण खड्काको घरमा आगलागी हुँदा आगलागीबाट करिब ११ लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । सो आगलागीमा परी गोठमा रहेका दुई वटा खसी र १८० वटा कुखुरा पनि जलेका छन् । काजी नारायणको घरमा पनि आंशिक क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...