पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सुन प्रकरणमा मुद्धा नचलाउन सीआईबीले दियो राय

Krishna mohora

काठमाडौं । काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा नचलाउने राय दिएको छ ।

सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल सहित तीन जना विरुद्ध भने मुद्दा चलाउन सिफारिस गरिएको छ । सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।

अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित तीन जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद गरेको थियो । भेप बरामद गरेर गोदाममा राखिएका बेला तस्कर समूहले छुटाउनका लागि ताकेता गरिरहेका थिए भने भेपभित्र सुन रहेको थाहा पाएपछि भन्सारका अधिकृत रेवन्त खड्का सहितको मिलेमतोमा सुन बिक्री गरिएको थियो । त्यसरी सुन बिक्री गरेको थाहा पाएपछि तत्कालीन प्रमुख भन्सार प्रशासकले अनुसन्धानका लागि सीआईबीलाई जाहेरी दिएका थिए ।

सीआईबीले संगठित अपराधको कसुरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा २७ असार २०७० मा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि यो प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो ।

महराले सुन सहितको भेप छुटाउन दबाव दिएको खुलेको थियो भने उनका छोरा राहुल महराको चिनियाँ नागरिक वाङसँग निकट सम्बन्ध रहेको देखिएको थियो । तर लामो समय बयान समेत नलिएको प्रहरीले चौतर्फी दबावपछि सीआईबीले १३ भदौमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...