ललिता निवास जग्गा प्रकरण : सबैलाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो । यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका व्यक्तिहरु पक्राउ परेका थिए ।
अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरेको छ । अभियोग पत्रमा मुख्य योजनाकार देखाइएका गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको हो ।
ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र अदालतमा पेश गरेको थियो । यो मुद्दामा मृतक २१ सहित ३ सय १० जनालाई प्रतिवादी बनाइएको भएपनि अन्य फरार छन् ।
कसलाई कति धरौटी?
१) मीनबहादुर गुरुङ– २ करोड ४६ लाख
२) शिवजी भट्ट–३ लाख ३० हजार
३) रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
४) बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
५) कलाधर देउजा –१५ लाख
६) घमन कुमार कार्की– ७ लाख ५० हजार
७) गोपाल कार्की –७ लाख ५० हजार
८) विनोद पौडेल– १५ लाख
९) योगराज पौडेल– ७ लाख ५० हजार
१०) नारायणराज मिश्र –७ लाख ५० हजार
११) अरुण कुमार श्रेष्ठ –७ लाख ५०
१२) ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
१३) बाबुराजा महर्जन– १ लाख १० हजार
१४) देवनारायण महर्जन – १ लाख १०
१५) सकलानन्द महर्जन– १ लाख १० हजार
१६) सञ्जय कुमार महर्जन– १ लाख १० हजार
१७) लोकरि घिमिरे –७ लाख ५० हजार
प्रतिकृया दिनुहोस