कांग्रेस नेतामाथिको आक्रमण र कान्तिमा बालिका मृत्यु घटनाबारे जानकारी गराउन सभामुखको रुलिङ

Debraj ghimire

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवं संविधानसभा सदस्य महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणबारे संसद्‌लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक, शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले सो घटनाबारे गम्भिर ध्यानाकर्षण गराएपछि उनले सो घटना र कान्ति बाल अस्पतालमा उपचारको अभाव ज्यान गुमाएकी ५ वर्षीया बालिकाबारे सम्पूर्ण जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

सभामुख घिमिरेले भने, ‘आजको आकस्मिक, शून्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरु छन् । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु ।’

बैठकमा सांसदहरुले ती दुवै अपराधिक घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...