एकैपटक ३ जना सचिवसहित १ सय ७१ जना कर्मचारीको सरुवा (सुचीसहित)

Nyaya parisad bilding

काठमाडौं । न्याय परिषद्ले एकैपटक १ सय ७१ जना कर्मचारीको सरुवा गरेको छ । न्याय सेवा आयोगको मंगलबार बसेको बैठकले सरकारका तीन सचिवसहित सो संख्यामा कर्मचारीको सरुवा भएको जानकारी गराएको हो ।

जस अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव उदयराज सापकोटाको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ। नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानुन आयोगमा सरुवा भएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा बढुवा गरिएको छ । न्याय सेवामा कार्यरत १२ जना सहसचिव, १५६ जना उपसचिवको पनि सरुवा गरिएको छ ।

हेर्नुस् सूचीः

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...