माधवकुमार नेपालले दिए सिआइबीलाई बयान, थप बयान लिन सक्ने

Madhavkumar nepal

काठमाडौं । ललिता निवास जग्गा हिनामिनासम्बन्धी मुद्दामा संग्नताको आरोप लागेका पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान लिएको छ ।

सो प्रकरणमा मुछिएपछि अनुसन्धानका लागि प्रहरीले बोलाएपछि सोमबार बेलुका नेता नेपाल सिआइबी पुगेका थिए । बयान सकाएर मध्यराति नेता नेपाल निवास फर्किएका थिए ।

सिआइबीले बयानमा बोलाएपछि उनी युरोप भ्रमणबाट सोमबार बिहानै स्वदेश फर्किएका थिए । नेता नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तार सम्बन्धमा मन्त्रिपरिषदबाट पटक–पटक निर्णय भएका थिए ।

गत २१ साउनमा सर्वोच्च अदालतले ललितानिवास जग्गा हिनामिनासम्बन्धी नीतिगत निर्णयमा संलग्न पदाधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हो । सोही आदेश कार्यान्वयन गर्ने क्रममा नेता नेपालसँग पनि बयान लिइएको सिआइबी स्रोत बताउँछ। बयान लिए पनि मुद्दा चल्ने–नचल्ने प्रस्ट भएको छैन ।

तीनै निर्णयका आधारमा सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिको नाममा पुगेको थियो । तिनै मन्त्रिपरिषद्का निर्णयमा आधारित भई सिआइबीले उनीसँग बयान लिएको हो । नेता नेपालसँग एक चरणमा बयान सकिएको र आवश्यक परे थप बयान लिइने सिआइबीले जनाएको छ ।

सिआइबीले अर्का पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई पनि बयानमा बोलाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...