नेपाली सेनामा खुल्यो जागिर, कहाँ कहाँ सम्पर्क गर्न सकिन्छ ? (सुचनासहित)

Nepal army logo

काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि चार हजार पाँच सय जनाको आवेदन माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै सेनाले देशभरबाट विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी सैन्य माग गरेको छ ।

माग गरिएको मध्ये सैन्य परिवार २२५, खुल्ला दुई हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना रहेका छन् । यी मध्ये सबै भन्दा धेरै सुर्खेत, कास्कीमा ३५०/३५० र उदयपुरमा ३०० जना सैन्य माग गरेको छ ।

इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने व्यवस्था गरेको भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ । फारम जेठ १४ गतेसम्म अन्तिम समय तोकिएको छ । उम्मेदवारका लागि १८ वर्ष पुरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न पाउने नेपाली सेनाले सूचनामार्फत जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...