शहरी मन्त्री गुरुङसँग धनकुटाको विकासे योजना माग
काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले धनकुटाको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।
धनकुटा जिल्लामा शहरी सडकहरु र पार्कहरु निर्माणका लागि धनकुटेलीले ज्ञापनपत्र बुझाएपछि मन्त्री गुरुङले धनकुटाको विकासका लागि आवश्यक पर्ने सडक, पार्कहरु र अन्य पूर्वाधारहरु निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
आज सिंहदरबारमा मन्त्री गुरुङलाई नेपाली कांग्रेस धनकुटाको तर्फबाट माग गरिएको थियो । मन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, प्रदेश महाधिवेशन प्रतिनिधि राजेश्वरबहादुर श्रेष्ठ लगायतका टोली सिंहदरबार पुगेको थियो । सो टोलीले धनकुटा जिल्लामा पार्कहरु र विभिन्न शहरी सडकहरु निर्माण गर्न माग गरेको छ ।
सो टोलीले धनकुटा जिल्लाका सात वटै पालिकाहरुमा पार्कहरु, भवन निर्माण तथा सहरी सडक निर्माणका लागि विभिन्न योजनाहरुसहित बजेट बिनियोजनको माग गरिएको प्रदेश महाधिवेसन प्रतिनिधि राजेश्वर वहादुर श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस