साहित्य र संगीतको श्रीवृद्धिको लागि गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन

Bijay dai news foto finla

काठमाडौं । नेपाली संस्कृति, नेपाल भाषा साहित्यको श्रीवृद्धि, संगीत, पत्रकारिताको विकासमा समर्पित रहेका स्रष्टाहरुलाई प्रोत्साहन दिने उद्देश्यले गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन गरिएको छ ।

काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी विजयकुमार मानन्धरको नेतृत्वमा १३ सदस्यीय प्रतिष्ठान गठन गरिएको हो । प्रतिष्ठानमा फरक विधाका विज्ञहरु सम्मिलित गरी कार्यसमितिलाई पूर्णता दिइएको छ ।

‘सांस्कृतिक, सांगीतिक, साहित्यिक तथा पत्रकारिता क्षेत्रमा सेवा गरेका स्रष्टाहरुको योगदानलाई स्वतन्त्र रुपमा मूल्यांकन गरी सम्मान गर्ने मुख्य उद्देश्यले प्रतिष्ठान गठन गरिएको छ । हामीले देशविदेशबाट प्रतिभाहरुको खोजी गरी सम्मान गर्नेछौं’ अध्यक्ष मानन्धरले जनाए ।

काठमाडौं महानगरपालिका १३ वडाका समाजसेवी दिलबहादुर मानन्धरकी धर्मपत्नी स्व। गणेशदेवी मानन्धरको स्मृतिमा उहाँका छोराहरु प्रा।डा। राजु मानन्धर, राजेश मानन्धर, सज्जु मानन्धर तथा परिवारको आग्रहमा प्रतिष्ठान बनाइएको उहाँको भनाई छ । नेपाल भाषाको साहित्य र संगीतलाई अन्तर्राष्ट्रियकरण गर्दै समृद्ध बनाउनको लागि पनि प्रतिष्ठानको भूमिका रहने मानन्धरको दाबी छ ।

प्रतिष्ठानको कार्यसमितिसँगै वरिष्ठ चलचित्र निर्देशक पवन जोशीको संयोजकत्वमा ५ सदस्यीय परामर्श समिति पनि बनाइएको छ । प्रतिष्ठानले सोही समितिले सिफारिस गरेकोलाई आधार बनाएर स्रष्टा छनोट, विधा चयन तथा व्यक्तित्व सम्मान गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...