बल्ल खुल्यो जग्गाको कित्ताकाट, अर्थतन्त्र चलयामान हुने पक्कापक्की

Land reformin jagga

काठमाडौं । लामो समयपछि सरकारले सबै ठाउँको जग्गा कित्ताकाट खुल्ला भएको छ । यसअघि स्थानीय तहलाई जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट गर्न भनिएको थियो । तर अधिकास स्थानीय तहहरुले जग्गाहरुको वर्गीकरण गर्न सकेका थिएनन् ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ पारित गर्दै कित्ताकाट खुलाएको हो । योसँगै देशको अर्थतन्त्र चलायमान बन्ने विश्वास सरकारको छ । सोही अनुसार सरकारले सबैतिरको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको हो ।

यसअघि भूउपयोग नियमावली ल्याएर वर्गीकरण गरेर मात्रै जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो । सोसँगै अर्थतन्त्र चलायमान हुन नसकेको गुनासो निजी क्षेत्रबाट आएपछि सरकारले जग्गा वर्गीकरणविनै कित्ताकाट गर्न दिने निर्णय गरेको हो । उक्त नियमावली कार्यान्वयनमा आएपछि हालसम्म ५ सय ९२ पालिकामा कित्ताकाट खुलेको थिएन ।

यसअघि गत हप्ता पोखराका व्यवसायीसँगको कुराकानीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरजग्गामा पैसा फसेको र भूउपयोग नियमावलीका कारण जग्गा कित्ताकाट रोकिएकाले खोल्ने तयारी भइरहेको बताएका थिए ।

जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट खुलाउने नीतिपछि १६१ पालिकामा मात्रै कित्ताकाट सुरु भएको थियो । तर अब सबै पालिकामा जग्गा कित्ताकाट गर्न पाइनेछ । अर्थ मन्त्रालयमा मूल अर्थतन्त्रमा असर गरेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जग्गा कित्ताकाट खोल्नुपर्ने ब्रिफिङ नै भएको थियो ।

पछिल्लो समय उपत्यका लगायतका केही पालिकाको कित्ताकाट खुल्दा चैत महिनामा पनि घरजग्गाको कारोबारमा वृद्धि भएको छ । चैतमा ४९ हजार १ सय ५० कित्ता जग्गा किनबेच भएका छन् । मासिक कारोबार हेर्दा चालू वर्षको सबैभन्दा धेरै कारोबार हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...