उर्जा सम्मेलन सुरु हुँदै, ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने
काठमाडौं । काठमाडौंमा उर्जा सम्मेलन सुरु हुँदैछ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ हुन लागेको आठौं ऊर्जा सम्मेलनप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम छ ।
होटल हायतमा हुने सम्मेलन भोलिसम्म चल्ने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले जनाएको छ । सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने इपानका व्यवस्थापक कल्पना श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, पावर ट्रेडिङ कम्पनी, विद्युत् उत्पादक, वित्तीय संस्था, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता कम्पनीलगायत ऊर्जा क्षेत्रका सरोकारवाला पनि सहभागी हुने छन् ।
सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको आयोजक इपानले जनाएको छ ।
सम्मेलनमा विद्युतको लागत कसरी घटाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशको अनुभव आदान–प्रदान हुनेछ ।
प्रतिकृया दिनुहोस