सिंहदरबारमा थुप्रियो फोहोर, फोहोर नउठाउने महानगरविरुद्ध सर्वाेच्चमा रिट दर्ता !

Sinhdarabar phohor

काठमाडौं । सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका हुन् । उक्त रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ ।

काठमाडौंको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालय र स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनले आक्रोश पोखेका थिए । महानगरपालिकाले फोहोर नउठाउने घोषणा गरेपछि सरकारले समेत उनलाई सचेत गराउने निर्णय गरेको थियो ।

संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेन शाहले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर ९ दिन बितिसक्दा पनि उठेको छैन । काठमाडौं महानगरपालिकाले फोहोर उठाउन छाडेपछि त्यहाँको फोहोरलाई तत्कालका लागि सिंहदरबारभित्र पुतली बगैँचामा व्यवस्थापन गरिएको छ ।

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्दै आएको छ । अहिले परिवर्तन नेपाल नामक संस्थाका कर्मचारीले फोहोरलाई कुहिने, नकुहिने, प्लास्टिकको बोतल, सिसाको बोतल, कागज र कार्टुनहरूलाई भिन्न भिन्न छुट्याउन थालेको छ ।

कुहिने सुकेका पात, तरकारीका बोक्रा, फलफूलका बोक्राजस्ता फोहोरलाई मल बनाउन ठुलो खाडल खनेर जम्मा गर्न थालिएको छ । प्लास्टिक बोतल, सिसाका बोतलहरू बिक्री हुने र नहुनाले छुट्टै व्यवस्थापन गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...