राजर्षि जनक विश्वविद्यालयको उपकुलपति पदमा दरखास्त आह्वान

Rajarshi janak university

काठमाडौं । सरकारले राजर्षि जनक विश्वविद्यालयको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया अघि बढाएको छ । उपकुलपति हुन योग्य व्यक्तिबाट सरकारले दरखास्त आह्वान गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी इच्छुक व्यक्तिले यही वैशाख ९ गतेभित्र दरखास्त दिन भनेको छ । दरखास्त मन्त्रालयको कोठा नम्बर ४०७ मा वा मन्त्रालयको इमेल ठेगानामा पठाउन सकिन्छ ।

उपकुलपतिका लागि मान्यता प्राप्त कुनै विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेको, उच्च शिक्षाको क्षेत्रमा प्राध्यापक पदमा रही काम गरेको, संस्थागत स्वार्थ नबाझिएको, नेपाली नागरिक भएको लगायतका न्युनतम योग्यता तोकिएका छन् ।

उम्मेदवारले बढीमा तीन हजार शब्दमा विश्वविद्यालय सम्बन्त्री सोचपत्र र चार वर्षे व्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने मन्त्रालयलको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...