काँक्रो खानुका फाइदा : तौल घटाउनदेखि कब्जियत हटाउनसम्म
काठमाडौं । गर्मीमा काँक्रो खाने हो भने तौल घटाउन सकिन्छ । काँक्रोलाई आहारको रूपमा समावेश गर्ने बानी बसाल्न सकिएमा विस्तारै शरीरको तौल घटाउन सकिन्छ ।
शरीरलाई शीतलता दिनको लागि होस् वा पेटको विकारलाई निको पार्न पनि काँक्रो निकै फाइदाजनक हुन्छ । शरीरलाई शीतलता र ताजगी प्रदान गर्नुका साथै काँक्रोका धेरै फाइदाहरू छन् ।
काक्रोमा एन्टिडायबेटिक र एन्टिअक्सिडेन्टहरू प्रशस्त छन् र यसमा भिटामिन सी, भिटामिन के र अन्य पोषक तत्वहरू पनि पाइन्छ जसले स्वास्थ्यलाई स्वस्थ राख्छ र तौल घटाउन पनि गर्दछ ।
काँक्रो एक कम क्यालोरी खाना हो, जसमा शून्य बोसो हुन्छ । त्यसैले तौल घटाउने आहारमा काँक्रोलाई समावेश गर्न सकिन्छ । कब्जियत जस्ता पेटको समस्यालाई हटाउन काँक्रो निकै फाइदाजनक हुन्छ । काँक्रोमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा पानीको मात्रा पनि उच्च हुन्छ जसले कब्जियतबाट छुटकारा पाउन मद्दत गर्छ ।
काँक्रो Cucurbitaceae परिवारमा पर्दछ । यसको बैज्ञानिक नाम Cucumis sativus हो । यो एक वर्षीय बाली हो ।यसको खेती पहाड देखी तराई सम्म गर्न सकिन्छ । यसले अत्याधिक चिसो र तुषारो सहन सक्दैन ।
हावापानी
काक्रो न्यानो तथा गर्मी मौसमको बाली भएकोले यसलाई लामो समय सम्म न्यानो तापक्रमको आवश्यकता पर्दछ । यसको बोट बृद्धि र फल लाग्न सरदर २५ देखि ३० डिग्री .से तापक्रम आवश्यक हुन्छ । वीउ उम्रन, फल छिटो परिपक्क हुन र राम्रो उत्पादनको लागी माटोको तापक्रम महत्वपुर्ण हुन्छ । माटोको तापक्रम १० डिग्री से. भन्दा कम र २५ डिगी से. भन्दा माथि हुनुहुदैन ।
माटो
काक्रो खेतीको लागि बलौटे दोमट देखि पाँगो माटो उपयुक्त हुन्छ । ५.५ देखि ६.५ पी एच भएको माटो उत्तम मानिन्छ । काक्रो वाली ५.५ पी एच भन्दा कम अर्थात अम्लिय माटोमा सम्बेदनशिल हुन्छ र विरुवाको उत्पादनमा असर पर्दछ । चिम्टाइलो माटोमा लहरा धेरै जाने र फल ढिलो परिपक्क हुन सक्दछ ।
लगाउने समय
काक्रो गर्मी र वर्षा दुबै मौसममा रोपिने भएकाले
• गर्मीमा माघ वा फाल्गुनमा र वर्षामा आसाढ र श्रावनतिर रोप्ने ।
• पहाडमा चैत्रमा रोप्ने ।
बिउ दर
बिउ दर २.५ देखि ४ किलो ग्राम प्रती हेक्टर ।
बिउ उपचार तथा नर्सरी व्यवस्थापन
बीउ उपचार क्यापटन २÷३ ग्राम प्रती किलो बिउको दरले गर्ने ।
लगाउने दुरी
लाइन देखि लाइन दुरी १.५ वा २.५ मिटर र बोटदेखि बोट दुरी ६० वा ९० सेमीको हुनुपर्छ । २ देखि ३ बीउ एउटा खाल्डोमा रोप्ने ।
सिचाई र गोडमेल
• बेर्ना रोपेपछि गर्मीमा आवश्यकतानुसार पानी दिने ।
• माटोको चिस्यान र मौसम बीच तालमेल मिलाइ सिचाइ र गोडमेल गर्ने ।
बाली लिने समय
• २ देखी ४ दिनको फरकमा फल टिप्ने ।
• उत्पादन १५ देखि ६० क्वीन्टल प्रती हेकटर हुन्छ ।
प्रतिकृया दिनुहोस