मंगलबारसम्म रहनेछ काठमाडौँको तुवाँलो, तराईमा हावाहुरीको सम्भावना

Mausam news

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा लागिरहेको तुवाँलो आगामी दुई दिनसम्म हट्ने सम्भावना नदेखिएको जनाएको छ ।

महाशाखाले लामो समयदेखि पानी नपरेका कारण डढेलो बढ्न सक्ने भएकाले सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र लुम्बिनीका तराई जिल्लामा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...