रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ६ प्रहरीसहित ७ जना घाइते

Rautahat jhadap

रौतहट । रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । ४ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । स्थिति तनाबग्रस्त बनेपछि प्रहरीले १६ राउन्ड अश्रुग्यास, एसएलआर र राइफलले गोली प्रहार गरेको थियो ।

मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ । यस क्रममा गरुडा नगरपालिका वडा नम्बर ५ स्थित लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादवको दाहिने हातमा गोली लागि घाइते भएका हुन् । घाइतेलाई गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाइएको छ ।

प्रहरी निरीक्षक वीरेन्द्र पासवानले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र हवाई फायर गरेको बताए । गोली लागेकोबारे अनुसन्धान भइरहेको उनको भनाइ छ । अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मेयरका उम्मेदवार दीपक यादवको टोलीले गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । यादवको टोलीले सूचनाको माग गर्दै केही दिनदेखि नै नगरपालिपकाविरुद्ध प्रदर्शन गर्दै आएको छ ।

प्रदर्शनकारीहरुले नगरपालिकामा ढुङ्गामुढा गर्दा कार्यालयको गाडी र झ्यालको सीसासमेत फुटेको छ । नगरपालिकामा भएको कमको गतिविधिको सूचना माग्दै यादव आमरण अनसनसमेत बसेका थिए । झडप पछि यादव लगायत ४ जनालाई पक्राउ गरेको इलाका प्रहरी गरुडाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...