गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्ती हटाउन खोज्दा दिनभर तनाव

भीड बढेपछि बस्तीमा पुग्न सकेन महानगरको डोजर

Sukumbasi tinkune aandolan

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित गैरीगाउँ क्षेत्रको बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव भएको छ । जसका कारण शुक्रबार दिउँसो काठमाडौं महानगरपालिकाको गैरीगाउँ क्षेत्र तनावग्रस्त बनेको छ ।

गैरीगाउँको वाग्मती करिडोरस्थित सुकुम्बासी बस्ती हटाउन शुक्रबार डोजरसहित नगर प्रहरी लिएर गएको महानगरको टोलीलाई सुकुम्बासीहरूले फर्काइदिएका छन् ।

काठमाडौं महानगरपालिकाले अव्यवस्थित बस्ती हटाउन ७ वटा डोजर लिएर आउँदै गरेको थाहा पाएका स्थानीय बासिन्दा सडकमा टायर र काँडेतार राखेर बसेका थिए भने तीनकुनेबाट गैरीगाउँतर्फको बागमती करिडोरमा टायर र काँडेतार राखेका सुकुम्वासी बस्तीका बासिन्दाले पछि टायर बालेर प्रदर्शनसमेत गरे ।

क्त क्षेत्रमा करिब ३ सयभन्दा बढी अवैध संरचना रहेको वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीले जानकारी दिए । मेयर बालेन्द्र शाहको ठाडो आदेशमा नगर प्रहरी परिचालन गरी संरचना हटाउन खोजिएको उनको भनाइ छ ।

वडाध्यक्ष भण्डारीले सडक र खोलादेखिको बीच भागको खाली जग्गा अतिक्रमण भएको बताए । त्यस क्षेत्रमा जग्गा नभएका केही प्रतिशत मानिस भए पनि अधिकांश अन्यत्र घरसम्पत्ति भएकाहरू नै रहेको उनको दाबी छ । सुकुम्बासीहरूले टायर बालेर प्रदर्शन गरेपछि उक्त क्षेत्रमा शुक्रबार ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

काठमाडौं महानगरपालिकाले चैत ११ गते शनिबार एक सूचना निकालेर नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना ७ दिनभित्र हटाउन आग्रह गरेको थियो । नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रूपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन सूचनामा आग्रह गरिएको थियो ।

तर उच्च अदालत पाटनले नदी किनारका अनधिकृत संरचना हटाउने काठमाडौं महानगरको सूचना कार्यान्वयन नगर्न १७ चैतमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश धीरबहादुर चन्दको इजलासले काठमाडौं महानगरको सूचना तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिँदै २६ चैतमा दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

तर २६ चैतसम्म नपर्खी मेयर बालेन डोजर चलाउन लागिरहेका छन् । तर काठमाडौं महानरपालिकाका प्रवक्ता नवीन मानन्धरले अन्तरिम आदेश गैरीगाउँका सुकुम्वासी बस्तीको लागि नभई थापाथलीका लागि भएको बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले गैरीगाउँको सुकुम्वासी बस्तीमा डोजर चलाउने विषयमा महानगरले समन्वय नगरेको बताए । उनले त्यस क्षेत्रमा भीड बढेपछि सुरक्षाका लागि मात्र प्रहरी पुगेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...