सरकारले बैशाख १ गते ७२८ जनालाई मानपदवी प्रदान गर्ने (सुचीसहित)

Sital niwash

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा घोषणा भएका विभूषणमध्ये नयाँ वर्षमा ७२८ जनालाई मानपदवी प्रदान गर्न लागेको छ ।

हरेक वर्ष संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट विभिन्न विभूषण घोषणा गरिँदै आएको छ । उनीहरूलाई विशेष समारोहमा विभूषित गरिन्छ ।

आगामी वैशाख १ गते राष्ट्रपति भवन शीतल निवासमा मानपदवी वितरण गरिने गृह मन्त्रालयले जनाएको छ । संविधान दिवसको अवसरमा गत असोज ३ मा घोषणा भएका विभूषणहरूमध्ये नयाँ वर्षमा नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनसेवाश्री पदवी वितरण गरिनेछ ।

यस वर्ष मानपदवी प्राप्त गर्ने व्यक्तिहरूलाई गृह मन्त्रालयबाट समारोहको प्रवेशपत्र प्रदान गरिने भएका छ । यसका लागि चैत २९ गतेसम्म सम्पर्क राख्न गृह मन्त्रालयले सूचना जारी गरेको छ ।

नयाँ वर्षमा मानपदवी पाउने ७२८ जना:

 https://drive.google.com/file/d/1ZVwuSjc8hMgQYznuSYrHRWXz_UlP-bpa/view

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...