सिक्किममा गएको हिमपहिरोमा परी ३ नेपालीसहित ७ जनाको मृत्यु, १३ जना घाइते

Sikkim himpahiro

काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको हो । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।

मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोकको एसटीएनएम अस्पतालमा उपचाररत हिमपहिरोका घाइतेको स्वास्थ्य अवस्था बुझेका थिए ।

सेना, राज्य विपद् व्यवस्थापन टोली र प्रहरीको लामो प्रयासपछि हिमपहिरो हटाइएको थियो । हिम पहिरोका कारण ४ सयभन्दा बढी पर्यटक र एक सयभन्दा बढी सवारी साधन फसेका थिए ।

स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।

१४ जनालाई उद्धार गरेर नजिकैको भारतीय सेनाको क्याम्पमा लगिएको थियो । तीमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

चीनसँग सिमाना जोडिएको नाथुला भारतको महत्वपूर्ण हिमाली नाकाहरुमध्ये एक हो । पर्यटकीय गन्तव्य पनि भएको यो क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ । मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोकको एसटीएनएम अस्पतालमा उपचाररत हिमपहिरोका घाइतेको स्वास्थ्य अवस्था बुझेका थिए ।

सेना, राज्य विपद् व्यवस्थापन टोली र प्रहरीको लामो प्रयासपछि हिमपहिरो हटाइएको थियो । हिम पहिरोका कारण ४ सयभन्दा बढी पर्यटक र एक सयभन्दा बढी सवारी साधन फसेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...