प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जनाले बुझाएनन् ५ हजार धरौटी, कारागार चलान

Mukh thundai police

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई धरौटी नबुझाएपछि केन्द्रीय कारागार पठाइएका हुन् ।

जेल चलान भएपछि अहिले उनीहरुको तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालत दर्ता गरिँदैछ । चैत ७ गते प्रचण्ड उक्त कार्यक्रमका लागि हलमा छिर्नेबित्तिकै यी तीन युवाले गरिबमारा भन्दै नाराबाजी गरेका थिए। प्रचण्डविरुद्ध चर्को नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिंदा मुख थुनेको थियो, जसको व्यापक आलोचना भएको थियो ।

उनीहरुले ‘गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, मिटर ब्याज ब्याक गर, युवाहरुलाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाएका थिए । ती युवाले 'आतंककारी प्रचण्ड मुर्दावाद'को नारासमेत लगाउन भ्याएका थिए । उनीहरुलाई नारा लगाउन नदिन प्रहरीले मुख थुनिदिएको थियो भने लछारपछार पार्दै पार्टी प्यालेसबाट बाहिर निकालेको थियो। त्यसपछि प्रचण्ड केहीबेर भाषण गरेर त्यहाँबाट बाहिरिएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएको पुष्टि गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...