नेपाली सेना र अमेरिकन सेनाको संयुक्त बैठक आजदेखि सुरु हुँदै
काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आजवाट सुरु हुने भएको छ ।
हरेक बर्ष हुदैँ आएको सो संयुक्त बैठक याे पटक चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो । यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो ।
नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ । नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन भने अमेरिकी सेनाकाे नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन । जसकाे कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन् ।
सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ । पहिलो पटक काठमाडौंमा भएको यो संवाद अघिल्लो वर्ष अमेरिकाको हवाइमा भएको थियो । अघिल्लो वर्ष हवाइमा भएको बैठकमा अमेरिकाले स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीमा सहभागीताबारे नेपालको धारणा मागेको थियो । नेपालमा विरोध भएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय लिएको थियो ।
अमेरिकाले नेपाली सेनाको सहयोगका लागि एसपीपी योजनालाई अगाडि सारेको थियो । तर, नेपालको अस्वीकारलाई सम्मान गरेको भन्दै अमेरिकाले सैन्य सहयोग यथावत् राख्ने निर्णय गरेको थियो । रुससँग एमआई–१७ हेलिकप्टर किन्ने तयारी रहँदा अमेरिकाले बेल हेलिकप्टर दिने प्रस्ताव गर्दै आएको छ भने नेपालले दुईवटा स्काइ ट्रकको प्रस्ताव पेश गरेको छ ।
यसैबीच अमेरिकाले दुई वटा एम २८ ब्लक जिरो फाइभ स्काइ ट्रक उपलब्ध गराउने तयारी गरेको छ। तर, यसपटकको संवादमा दुई देशबीचको सैन्य सहकार्यलाई अझ विशेष बनाउनुपर्ने दुबै देशले जोड दिएका छन् ।
सेनाले सम्बन्धित सम्पूर्ण निकायहरुसँग आवश्यक समन्वय र तयारी पूरा भइसकेको यस पटकको कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सह सचिव/उप सचिवहरुका साथै नेपाली सेनाका रथी एवं अधिकृतहरु समेटिएको १४ सदस्यीय टोली सहभागी हुनेछ।
अमेरिकी सेनाको प्यासिफक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ जनाको टोली सहभागी हुनेछ भने उक्त छलफल कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्नेछन् ।
प्रतिकृया दिनुहोस