आज पनि पहाडी भेगमा वर्षाको सम्भावना

Mausam news

काठमाडौं । आज पनि देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान र देशका बाँकी पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार देशका बाँकी पहाडी भेगका एक दुई स्थान भन्नाले गण्डकी, कर्णाली र सुदूरपश्चिमबाहेक प्रदेशका पहाडी भेगका जुनसुकै एक दुई ठाउँमा पानी पर्नसक्छ भनिएको हो। थोरै स्थान भन्नाले एक दुई स्थानभन्दा बढी भन्ने बुझ्नुपर्छ ।

‘आज तुलनात्मक रूपमा चाहिँ काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कम छ’, मौसमविद् अधिकारीले भने, ‘तर पनि अपराह्नतिर क्षणिक वर्षा हुनसक्छ ।’ उनका अनुसार अचेलकाे वर्षाको प्रकृति मेघगर्जन/चट्याङसहितको हुन्छ ।

वर्षाको सम्भावना भएका स्थानबाहेक आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसबाहेक राति कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...