बसन्तबहादुर कुँवर बने नेपाल प्रहरीको ३० औं प्रहरी महानिरीक्षक

Basanta kuwar igp

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त वहादुर कुँवर ३० औं प्रहरी महानिरीक्षकमा पदोन्नति भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले शनिबारबाट लागू हुने गरी कुँवरलाई आईजीपीमा बढुवा गरेको हो ।

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

कुँवर २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका हुन् । एआईजी भएको चौथो दिनमै आईजीपी भएका हुन् । कुँवर कम्तिमा २ वर्षका लागि नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति भएका हुन् । कुँवरकै कार्यकालमा ३० वर्षे सेवा अवधि हटे उनको कार्यकाल थप लम्बिने छ ।

३० वर्षे हटाउने संघीय प्रहरी ऐन ल्याउने प्रक्रिया अगाडि बढिसकेको छ । एसएसपी हुँदासम्म बरियतामा पछि रहेका कुँवर डीआईजीबाट अगाडि लागेका थिए । २०७५ सालमा १४ जना एसएसपी हुँदा कुँवर १३ औँ नम्बरमा थिए । तर डीआईजीमा पहिलो नम्बरमा रहे । त्यसपछि एआईजीमा पनि पहिलो नम्बरमै रहँदै आईजीपीमा बाजि मारेका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबिए) शैक्षिक योग्यता हासिल गरेका छन् । प्रहरी महानिरीक्षक कुँवर अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन २०७३ मा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख हुन सफल भएका थिए । त्यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहँदा पुलिस व्याटन २०७३ प्राप्त गरेका थिए ।

व्यावशायीक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए । २०७१ फागुन १० गते प्रहरी उपरीक्षक र २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भएका थिए । भर्ना हुँदा अघिल्लो वरियतामा रहेका कुँवर डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा भने पछि पारिएका थिए । तर २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षकमा पहिलो नम्बरमा बढुवा भएसँगै कुँवरलाई भावि आईजीपीका रुपमा हेरिएको थियो ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा विसं २०२६ चैत १५ गते जन्मिएका हुन् । महानिरीक्षक वसन्त बहादुर कुँवरकी श्रीमती लक्ष्मी पराजुली र २ छोरा छन् । प्रहरी महानिरीक्षक कुँवरले २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...