बैङ्किङ कसुर मुद्दामा २१ लाख जरिवाना तोकिएका फरार पक्राउ

Arrest

काठमाडौं । बैङ्किङ कसुर मुद्दामा २१ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–४ मिजारटोल घर भएर भक्तपुर बस्ने ३२ वर्षीय विनोद लामा छन् ।

प्रतिवादी लामालाई सूर्यबिनायकबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उच्च अदालत पाटन २०७८ पुस २२ मा उनलाई ७ दिन कैद र २१ लाख जरिवाना हुने ठहर गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...